+
+
Shares

सुदूरपश्चिममा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, ४ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते ९:१३

१२ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा एकै दिन भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

कैलाली, कञ्चनपुर र डडेल्धुरामा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । कैलालीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका-३ बल्चौरस्थित कैलाशधाम तीर्थस्थल नजिक पूर्व-पश्चिम राजमार्गमा से ४ प ६७६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ .

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको पिल्लरमा ठोक्किंदा चालक २६ वर्षीय अनिष भण्डारीको मृत्यु भएको हो । घाइते अवस्थामा भण्डारीलाई टिकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार १५ वर्षीय तुफान भण्डारी सामान्य घाइते भएका छन् । कैलालीकै बर्दगोरिया गाउँपालिका–१ र ४ को सिमानामा रहेको काँडा पुलमा शुक्रबार राति भएको अर्को दुर्घटनामा पनि मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से७प ८१६५ नम्बरको मोटरसाइकल पुलको किनारमा ठोक्किदा चालक २४ वर्षीय विशाल कठरियाको मृत्य भएको छ भने पछाडि सवार २४ कै रिता कठरिया घाइते छन् । घाइते कठरियाको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

यस्तै, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ बनसमितिमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट झलारीतर्फ जाँदै गरेको म १ त ९३१ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र.०२–००४ प २६८८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक ४५ वर्षीय गुड्डु बि.कको मृत्यु भएको छ भने पछाडि सवार बिरराम पोखरेल घाइते भएका छन् । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डडेल्धुरामा पनि दुर्घटनामा परेर थप एक जनाको मृत्यु भएको छ । आलिताल गाउँपालिका-४ जालिटुडास्थित बुडर-जोगबुढा सडक खण्डमा राति करीब ९ बजेतिर जिप र अटो एकआपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको हो ।

जोगबुढाबाट बुडरतर्फ जाँदै गरेको म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको भि.न.पा. ००१ ह ४०८ नम्बरको अटो ठोक्किंदा अटोमा सवार २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको छ ।

अटोमा सवार २१ वर्षीया सबिता थापा मगर घाइते छन् । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अटो चालक फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?