News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले तिलस्मी नेतृत्वको खोजीले मुलुकलाई कहीँ पनि नपुर्याउने बताउनुभयो।
- ज्ञवालीले देश बन्ने भनेको अन्ततः विचार, संस्था, प्रणाली र सामूहिकताले हुने उल्लेख गर्नुभयो।
- उनले रास्वपा, मन्त्री कुलमान घिसिङ र मेयर बालेन शाहबीचको एकता प्रयासलाई अतिरञ्जना गरिएको टिप्पणी गर्नुभयो।
१२ पुस, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले तिलस्मी नेतृत्वको खोजीले मुलुकलाई कहीँ पनि नपुर्याउने बताएका छन् ।
देश कुनै एक व्यक्तिले नभई विचार, संस्था, प्रणाली र सामूहिकताले बन्ने उनको भनाइ छ ।
रास्वपा, मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच चलिरहेको एकता प्रयासतर्फ संकेत गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् ।
एमालेको निवर्तमान उपमहासचिव रहेका ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘…यो मिलनले यसतै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदैछ । तर, यस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीँ पनि पुर्याउँदैन । देश बनाउनमा व्यक्तिको भूमिका हुँदैन भन्ने होइन, तर देश बन्ने भनेको अन्ततोगत्वा विचार, संस्था, प्रणाली र सामूहिकताले हो ।’
वैकल्पिक शक्ति निर्माणका लागि भन्दै पछिल्ला दिन चलिरहेका भेटघाटहरूलाई अतिरञ्जना गरिएको उनको टिप्पणी छ । ‘यस्ता भेटघाटहरूलाई लिएर यस्तो तरङ्ग ल्याउन खोजिँदैछ मानौं, आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरू नमिलेर हो । जस्तो कि दक्षिण भारतीय चलचिलहरूमा देखिन्छ– कुनै नायक रङेगमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरू सोत्तर हुन्छन् ।
ज्ञवालीले एकताको प्रयासमा रहेकाहरूलाई सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउनेहरू भनेर आरोपित गरेका छन् ।
‘विचार मिल्नेहरू एकै ठाउँमा उभिनु राम्रो हो । ‘उसो त, विचार मिलेको हो कि स्वार्थ– समयले नै बताउला) त्यसमाथि, सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यही सिंहदरबारमा पुगन खोज्नु सकारात्मक हो,’ ज्ञवालीले लेखेका छन् ।
प्रतिक्रिया 4