१३ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौतापछि अन्तरिम चुनावी सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री जगदिश खरेलले ‘नयाँ दिन नयाँ सुरुवात’ भएको प्रतिक्रिया सार्वजनिक गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात । सुन्दर र समृद्ध नेपालको सपना ! गन्तव्य तय हुँदैछ…।’
लामो समय पत्रकारितामा सक्रिय खरेल जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका थिए । अब सक्रिय राजनीतिमा आउने तयारीमा रहेको उनी निकट स्रोत बताउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4