१३ पुस, धनगढी । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान पौने ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–२ झिलमा महाकाली यातायातको सुपप्र ०२–००१ ख १३७३ नम्बरको बसले ठक्कर दिंदा ८२ वर्षीया तारादेवी पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाठक जानकी गाउँपालिका–२ की स्थायी बासिन्दा भएको खुलेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी पाठकको उपचारका क्रममा नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4