+
+
Shares

श्रम संस्कृति पार्टी कसैसँग मिल्दैन : हर्क साम्पाङ

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने स्पष्ट पारेका छन्।
  • सामाजिक सञ्जालमार्फत उनले भने, 'श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन' र मिसावटको राजनीति नगर्ने बताए।
  • उनले पार्टीले देशको स्वदेशी विचार र मौलिक पनको राजनीति गर्ने उल्लेख गर्दै कार्यकर्ता र शुभेच्छुकलाई भ्रम नपर्न आग्रह गरे।

१३ पुस, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने बताएका छन् ।

‘अहिले चुनावको माहोल छ । धेरैले धेरै खालका कुरा गरिरहेका छन् । जसलाई जोसँग मिल्नुछ, मिल्दा हुन्छ । श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन,’ उनले भनेका छन्, ‘श्रम संस्कृति पार्टीले मिसावट विनाको राजनीतिक गर्छ । यो देशको ढुंगाको, माटोको राजनीति गर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि उनको प्रतिक्रिया आएको हो ।

उनले आफ्नो पार्टीले स्वदेशी विचारको राजनीति गर्ने जिकिर गर्दै भनेका छन्, ‘श्रम संस्कृति पार्टीले देशको स्वदेशी विचार, मौलिक पनको राजनीति गर्छ ।’

उनले कसैसँग एकता गर्छ कि भनेर नअलमलिन कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरेका छन् । ‘धेरैले यस्तोसँग मिल्छ कि उस्तोसँग मिल्छ कि भनेर अडकल गरिरहेका छन् । जो जोसँग मिले पनि हुन्छ । हामी कसैसँग मिल्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?