News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि विदेशी मुद्राको सटही सुविधामा मासिक कोटा लागू गरेको छ।
- उद्योगले महिनामा २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने भएका छन्।
- यसअघि उद्योगले एकपटकमा पाँच लाख र अन्य व्यवसायीले एक लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने गरेका थिए।
१३ पुस, काठमाडौँ । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा हेरफेर गरेको छ ।
नेपाल राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा उद्योगले २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने जनाएको हो ।
यसअघि उद्योगले एकपटकमा पाँच लाख र अन्य व्यवसायीले एक लाख अमेरिकी डलर बराबरको चाँदी आयातका लागि मुद्रा सटही सुविधा पाउने गरेका थिए ।
राष्ट्र बैंकले नयाँ व्यवस्थामार्फत मासिक कोटा तोकिदिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4