News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना जारी छ र अहिलेसम्म ५२०० मत गणना भइसकेको छ।
१४ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म ५२०० मतगणना भएको छ । अहिलेसम्मको मतगणनामा उपाध्यक्ष पदमा डा. गुरुशरण साह २२६३ मतका साथ पहिलो स्थानमा छन् । उनलाई डा. कुञ्जाङ शेर्पाले १९६० मतका साथ पच्छ्याएका छन् ।
सदस्य पदमा डा. सारिका गोइत २३०९ मतका साथ अग्रस्थानमा छिन् । २२५३ मतका साथ डा. छविलाल पन्थी दोस्रो, डा. युविन कुमार १९१४ सहित तेस्रो र डा. दिपेन्द्र पाण्डे १७०४ मतका साथ चौथो स्थानमा छन्।
त्यसैगरी डा. सम्राट पराजुलीले १६७५ मत ल्याएका छन् । डा. रबिन बस्नेत १४०९, डा. सरोजकुमार साह १३६८, डा. उज्वल ठाकुरले १३४९ मतका साथ आठौँ स्थानमा रहेका छन् ।
यस्तै नवौँ स्थानमा १३४४ मतका साथ डा. घनश्याम पाण्डे छन् । दशौँ स्थानमा १३३७ मतका साथ डा. कुम्भराज जोशी आएका छन् । १३३३ मतका साथ डा. अस्मिता पोखरेल एघारौँ स्थानमा छन् ।
निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९२२ मत खसेको थियो । तीमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७६ मत र उपत्यका बाहिर ६ हजार ८४६ मत खसेको थियो ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं बाहिर ४ र ५ पुस र उपत्यकामा ११ र १२ पुसमा निर्वाचन भएको थियो ।
प्रतिक्रिया 4