+
+
Shares

सुनको भाउ घट्यो, तोलाको कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमाबर सुनको भाउमा सामान्य गिरावट आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली बजारमा आइतबार सुनको भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो जुन हालसम्मकै उच्च भाउ हो।
  • सोमबार सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँ कायम भएकाे छ जुन आइतबारको भन्दा ६ सय रुपैयाँ कम हो।
  • चाँदीको भाउ सोमबार तोलाको ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ जुन नयाँ रेकर्ड हो।

१४ पुस, काठमाडौं । नेपाली बजारमा हालसम्मकै उच्च भाउ कायम गरेको सुनको भाउ आज सोमबार केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारका लागि छापावाल सुनको भाउ तोलाको २ लाख ७० हजार रुपैयाँ तोकिएको छ ।

हिजो आइतबार भने हालसम्मकै सर्वाधिक भाउ तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो । आज तोलामा ६ सय रुपैयाँ घटेको हो ।

आज चाँदीको भाउले भने हालसम्मकै नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ । हिजो आइतबार तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोमबार ६० बढेर ४ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार छापावाल सुनको भाउ गत शुक्रबार तोलाको २ लाख ६९ हजार ३ सय, बिहीबार २ लाख ६७ हजार ५ सय, बुधबार  २ लाख ६८ हजार १ सय, मंगलबार २ लाख ६७ हजार २ सय, सोमबार २ लाख ६१ हजार ७ सय र आइतबार २ लाख ५८ हजार ३ सय रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?