+
+
Shares

बन्दसूची बुझाउन एमाले पनि पुग्यो निर्वाचन आयोग

नेकपा एमाले पनि प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सुची बुझाउन निर्वाचन आयोग पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १९:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ।
  • एमालेको टोली निर्वाचन आयोग प्रमुख निरज आचार्यसहित आयोग पुगेको छ।
  • फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा भाग नलिने निर्णय गरे पनि एमालेले समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएको छ।

१४ पुस, काठमाडौँ । नेकपा एमाले पनि प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेको छ ।

एमालेको निर्वाचन आयोग प्रमुख निरज आचार्यसहितको टोली अहिले निर्वाचन आयोग पुगेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने आज अन्तिम दिन हो ।

फागुनको निर्वाचनमा भाग नलिने निर्णय गरेर निर्वाचनकै तयारी गरिरहेको एमालेले आइतबार समानुपातिकतर्फका उम्मेदवारको नाम टुंगो लगाएको थियो । आयोगले रसिद काट्ने र कार्यालय परिसर प्रवेश गर्ने दलहरूलाई बन्दसूची बुझाउन दिइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?