News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले ७ जना सचिवको सरुवा गर्दै कृष्णहरि पुस्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उपराष्ट्रपतिको कार्यालयमा लगाएको छ।
- लोकसेवा आयोगका किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र राजकुमार श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
- राष्ट्रपति कार्यालयका दिपक काफ्लेलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र डा हरिप्रसाद लम्साललाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ।
१४ पुस, काठमाडौं । सरकारले ७ जना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार तेस्रो वरीयताका सचिव कृष्णहरि पुस्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट सरुवा गरी उपराष्ट्रपतिको कार्यालयमा लगिएको छ ।
त्यस्तै, लोकसेवा आयोगमा कार्यरत किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री कार्यालयका राजकुमार श्रेष्ठलाई गृह मन्त्रालयका सरुवा गरिएको छ भने गृहका रामेश्वर दंगाललाई लोकसेवा आयोगमा सरुवा गरिएको छ ।
यसअघि राष्ट्रपतिको कार्यालयमा रहेका दिपक काफ्लेलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । राष्ट्रपति कार्यालयमा भने डा हरिप्रसाद लम्साललाई लगिएको छ । लम्साल यसअघि युवा तथा खेलकुद मन्त्रालयका सचिव थिए ।
युवा तथा खेलकुद मन्त्रालयको सचिवमा लोकनाथ पौडेललाई नियुक्त गरिएको छ, जो यसअघि उपराष्ट्रपतिको कार्यालयमा थिए ।
प्रतिक्रिया 4