१४ पुस, काठमाडौं । रास्वपा नेता सोबिता गौतमले काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग भएको सहमतिलाई राजनीतिक यथास्थितिलाई प्रतिस्थापन गर्ने निर्णायक प्रयासको रुपमा अर्थ लगाएकी छिन् ।
सोमबार कुलमान घिसिङसँग भएको सहमतिपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् ।
‘दशकौँ देखी सीमित नेताहरूले नियन्त्रण गरेको राजनीतिक यथास्थितिलाई प्रतिस्थापन गर्ने निर्णायक प्रयास,’ रवि, बालेन र कुलमानसहितको तस्वीर सेयर गर्दै उनले भनेकी छिन् ।
उनले अघि भनेकी छिन्, ‘यस प्रयासका लागि निलो क्रान्तिका सर्वोच्च कमाण्डर रवी लामिछानेप्रति उच्च सम्मान ।’
गौतम रास्वपा सचिवालय सदस्य हुन् । विघटित प्रतिनिधिसभा सांसद समेत रहेकी उनले निर्वाचनमा देशलाई लानुपर्ने र सबै पक्ष जिम्मेवार बन्नुपर्ने मत राख्दै आएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4