News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले दुई दिनको फरकमा भएका दुई युवकको हत्या सफल अनुसन्धान गरेको भन्दै सात जनालाई पुरस्कृत गरेको छ।
- पुरस्कृत हुनेमा डीएसपी वेद पौडेल, डीएसपी पञ्चलाल गोले, इन्स्पेक्टर शिव थापा, दुई जना सई, एक जना असई र एक जना हवल्दार छन्।
- प्रहरीले सिन्धुलीका केशवराज हायु र पारुहाङ राईको हत्या घण्टामा सुल्झाएको र दुई अभियुक्त देवराज ढुंगेल र जयराज अधिकारीलाई पक्राउ गरेको थियो।
१५ पुस, काठमाडौं । दुई दिनको फरक दुई युवकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै डीएसपीसहित सात जनालाई पुरस्कृत गरिएको छ ।
सिन्धुलीका २५ वर्षीय केशवराज हायु, पारुहाङ राईको हत्या घण्टा सुल्झाएको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उनीहरूलाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरुमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डीएसपी वेद पौडेल, अर्का डीएसपी पञ्चलाल गोले, इन्स्पेक्टर शिव थापा, दुई जना सई, एक जना असई र एक जना हवल्दार गरी सात जानलाई पुरस्कृत गरिएको हो ।
यो हत्या घण्टामा प्रहरीले सिन्धुलीका देवराज ढुंगेल र जयराज अधिकारीलाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4