+

नेपाल प्रहरी खेलकुद समिति र रुप्से स्पोर्ट्स म्यानेजमेन्टबीच प्रायोजन सम्झौता

२०८२ पुष  १६ गते ११:०३ २०८२ पुष १६ गते ११:०३
नेपाल प्रहरी खेलकुद समिति र रुप्से स्पोर्ट्स म्यानेजमेन्टबीच प्रायोजन सम्झौता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरी खेलकुद समिति र रुप्से स्पोर्ट्स म्यानेजमेन्टबीच प्रायोजन सम्झौता भएको छ।
  • सम्झौतामा प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाह र रुप्से स्पोर्ट्स म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर रमेश पराजुलीले हस्ताक्षर गरेका छन्।
  • हाल काठमाडौँमा जारी नवौं एनभिए भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको मुख्य प्रायोजक रुप्से होलिडेज रहेको छ।

१६ पुस, काठमाडौं । नेपाल पुलिस क्लबका महिला तथा पुरुष भलिबल टोलीको व्यवस्थापन, प्रशिक्षण र प्रतियोगितामा सहभागिता अझ व्यवस्थित बनाउन नेपाल प्रहरी खेलकुद समिति र रुप्से स्पोर्ट्स म्यानेजमेन्ट प्रालिबीच प्रायोजन सम्झौता भएको छ।

सम्झौताअनुसार रुप्से स्पोर्ट्सले नेपाल पुलिस भलिबल टोलीलाई पाँच वर्षसम्म प्रायोजन गर्नेछ। यसले टोलीको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्झौतामा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाह र रुप्से स्पोर्ट्स म्यानेजमेन्ट प्रालिका म्यानेजिङ डाइरेक्टर रमेश पराजुलीले हस्ताक्षर गरेका हुन्।

हाल काठमाडौँमा जारी नवौं एनभिए भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लबका महिला तथा पुरुष टोलीको मुख्य प्रायोजकको रूपमा रुप्से होलिडेज रहेको छ।

रुप्से होलिडेजले यसअघि एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई पनि मुख्य प्रायोजन गर्दै आएको छ।

नेपाल प्रहरी खेलकुद समिति

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय