१६ पुस, काठमाडौं । काठमाडौं जिल्लामा ५० मतदान केन्द्र थप भएको छ ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार ५० मतदान केन्द्र थप भएसँगै २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौं जिल्लामा ८१७ मतदान केन्द्र कायम भएको छ ।
यसअघि २०७९ को निर्वाचनमा काठमाडौं जिल्लामा ७६७ मतदान केन्द्र थिए ।
१० जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुने काठमाडौंमा ७ लाख १० हजार ७०८ जना कुल मतदाता छन् । जसमध्ये ३ लाख ४४ हजार १९४ पुरुष र ३ लाख ६६ हजार ५०७ महिला मतदाता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4