+
+
Shares

ठाउँ ठाउँमा क्षेत्रीको छोरो भनेको कमल थापालाई भन्थे : बुद्धिमान तामाङ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १५:००

१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले आफूहरूले अघि बढाएको एजेन्डा स्थापित हुन अब समय नलाग्ने बताएका छन् । राप्रपा र राप्रपा नेपालबीच भएको एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

साथै, उनले यसका लागि अहिले समय आएको जिकिर गरे ।

‘यो दुई वटा पार्टी मिलेर अघि बढेपछि अवश्य पनि हाम्रो एजेन्डा स्थापित हुन समय लाग्दैन । अब नजिक आइसकेको छ,’ तामाङले भने ।

उनले एकता प्रक्रियामा आएका पूर्वअध्यक्ष कमल थापाको प्रशंसा गर्दै आफू ठाउँ ठाउँमा पुग्दा उनीबारे विभिन्न कुराहरू सुन्ने गरेको बताए ।

‘राप्रपा र राप्रपा नेपाल हुँदा ठाउँ ठाउँमा कुरा गर्थे, क्षेत्रीको छोरा भनेको त कमल थापा नै रहेछ है भनेर ठाउँ ठाउँमा भन्थे,’ तामाङले भने, ‘त्यस्तो अवस्थामा पनि राजा र हिन्दूराष्ट्र भनेर पार्टीलाई यो अवस्थामा पुर्‍यायो भनेर भन्थे ।’

आफूहरूले बोकेको एजेन्डाबारे पूराना दलका नेताहरूले ठिकै रहेछ भनेर मनन गर्न थालेको समेत उनले बताए ।

‘यो २३ र २४ गतेको घटनापछि जुन एजेन्डा हामीले बोकेर गएका थियौं, जुन एजेन्डा हामीले बोकेर गएका थियौं । सबै संस्थाले चाहिने एउटा अभिभावक चाहिने रहेछ,’ उनले भने, ‘सबैले छातीमा हात राखेर भन्ने हो भने अन्य पार्टी नेतालाई महसुस भएको छ । हैन भने यो राजधानीबाट हामी भाग्नुपर्ने रहेनछ भन्ने भएको छ । तर, उहाँहरूले मुखले भन्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?