१६ पुस, काठमाडौं । ललितपुर गोदावरीका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालउको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनले पछिल्लो समय डार्क फाइल नेपाल अभियान नाम दिएर न्यायाधीशहरूलाई धम्की दिँदै आएका थिए । उनलाई पोखराबाट प्रहरीले पक्राउ गरेका हो ।
‘द डार्क फाइल’ नाम दिएर एक अनलाइनमार्फत् समाचार तथा अडियो सम्प्रेषण गरेको आरोपमा तिम्सिनासहित अन्य २ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । सिधाकुरा अनलाइनका सञ्चालक, सम्पादक र अडियो उपलब्ध गराउनेसहित तीन जनालाई प्रतिवादी बनाइएको थियो ।
उक्त अनलाइन तथा युट्युब च्यानलका सञ्चालक तथा अध्यक्ष युवराज कँडेल, सम्पादक नवीन ढुंगानासहित तिम्सिनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
अडियो बनाउने तिमिल्सिनालाई ६ महिना कैद, र त्यो प्रसारण गर्ने ‘सिधाकुरा डटकम’ का युवराज कँडेल र नवीन ढुंगानालाई ३/३ महिनाको कैद सजाय सुनाइएको थियो ।
त्यसैगरी, ‘सिधाकुरा’ अनलाइनलाई ५ हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो । संवैधानिक इजलासमा रंगेहात घुससम्बन्धी मुद्दामा चलखेल गरेर फैसला भएको दाबी अडियोमा थियो ।
प्रतिक्रिया 4