+
+
Shares

विमानस्थलको ढोका थुनेर मात्र बढ्दो पलायन रोक्न सकिँदैन : महानिर्देशक तिवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १५:५३

१७ पुस, काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको नीतिगत समस्याको कारण बढ्दो युवा पलायन रोक्न नसकेको टिप्पणी गरेका छन् ।

बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गरेका हुन् ।

पछिल्ला २० वर्षमा विदेश जाने प्रक्रियामा नियन्त्रण गर्ने प्रयास भएपनि त्यसले अपेक्षित परिणाम दिन नसकेको उनको भनाइ छ । विमानस्थलको ढोका थुनेर मात्र बढ्दो विदेश पलायन रोक्न नसकिने उल्लेख गर्दै राज्यले स्टार्टअप लगायतका क्षेत्रमा सहयोग गर्न जरुरी रहेको उनले बताए ।

‘विमानस्थलमा ढोका थुनेर कोही अडिँदो रहेनछ । हामीले युवाहरुलाई अस्टार्टअप लगायतका क्षेत्रमा सहयोग नगरिकन कुनैपनि युवालाई रोकेर मात्र हुँदैन । यसले नेपालको अध्यागमनको इकोसिस्टले लय गुमाएको अवस्था थियो, छ,’ उनले भने ।

अध्यागमन नीतिमा बारम्बार बुँदा फेरबदल हुँदा लागत मात्र बढेको र अध्यागमन प्रणालीको समग्र ‘इकोसिस्टम’ले लय गुमाएको समेत उनले गरे ।

‘सरकारले बनाएका नीतिमा सधैं बुँदा फेरेको देखिन्छ । हामीले पछिल्लो २० वर्षमा विदेश जाने नेपालीलाई कसरी रोक्ने र छोड्ने भन्ने अभ्यास गरेछौँ र लागत बढाएको बढाएै गरेछौँ । कहिले अध्यागमनले कहिले एयरलाइन्सले गरेर १५० भन्दा बढी मान्छे रोकेछौँ तर एकदुई महिना अडियो होला कोही पनि नेपालमा अडिएनछ,’ तिवारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?