+
+
Shares

पोखरेल र पन्थी सम्मानित, दुई कृति लोकार्पित

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते १७:२२

१७ पुस, काठमाडौं । यस वर्षको शुभद्रा-विश्वराज स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि प्रल्हाद पोखरेल तथा प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मानद्धारा युवा साहित्यकार अनिता पन्थीलाई समर्पण गरेको छ ।

नेपाली साहित्यको पारम्परिक तथा शास्त्रीय क्षेत्रमा योगदान पुर्‍याएबापत २१हजार १ सय ११ रुपैयाँ नगद राशीको शुभद्रा विश्वराज स्रष्टा सम्मान पोखरेललाई तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय रहेर उल्लेख योगदान पुर्‍याए वापत युवा साहित्यकार पन्थीलाई नगद राशी १५ हजार एक रुपैयाँको प्रसिद्ध कँडेल राष्ट्रिय युवा पुरस्कार प्रदान गरिएको हो ।

नगदराशी तथा प्रमाणपत्र प्रमुख अतिथि लगायतले समर्पण गरे ।

नेपाल स्रष्टा समाजले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा साहित्यकार जीवनाथ पोखरेलको कथासङ्ग्रह फेसबुकको करामत र कवि अम्बु बिहानीको मुक्तकसङ्ग्रह अतृप्त रहरहरुको लोकार्पण समेत गरेको छ ।

राजधानीमा आज आयोजित भव्य समारोहमा प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा. डा. अभि सुवेदी, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, भागिरथी श्रेष्ठ, हिरण्यकुमारी पाठक, विधान आचार्य, चेतनाथ कँडेलहरित तथा स्रष्टाद्धय लगायतले लोकार्पण गरे ।

लोकार्पित कृतिमाथि समालोचक प्रा.डा. गोविन्दमानसिंह कार्कीले चर्चा गरे । उनले कथा कृति फेसबुकको  करामतमाथि चर्चा गर्दै भने प्राय प्रेमकथा समेटिएको सङ्ग्रहमा सामाजिक विसङ्गतिका कथा छन् । सबैजसो कथाहरु प्रथम पुरुषदृष्टिविन्दु र तृतिय पूरुषदृष्टिविन्दुमा लेखिएका छन् । कुनै कुनै कथाहरु डायस्पोरा साहित्यका पनि देखिन्छन् ।

शुभद्रा विश्वराज स्रष्टा सम्मान वि.सं.२०७४ मा विधान आचार्यले स्थापना गरेका थिए भने प्रसिद्ध कँडेल राष्ट्रिय युवा स्रष्टा सम्मान चेतनाथ कँडेल हरित र सीता भण्डारी कँडेलले वि.सं.२०७४ सालमा स्थापना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?