+
+
Shares

गीतमार्फत घलेगाउँको प्रवर्दन गर्दै भुवन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १७ गते २१:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजेशपायल राईको स्वरमा सजिएको गीत ‘जुनसँग के दाँजौं र’ युट्युबमा ओएसआर डिजिटिलको च्यानलमार्फत सार्वजनिक भएको छ।
  • गीत भुवन लोहनीको शब्द र अभिनयमा रहेको छ भने दीपक शर्माले संगीत संयोजन गरेका छन्।
  • भिडियो लमजुङको घलेगाउँमा छायांकन गरिएको छ र सुरेन्द्र बस्नेतले निर्देशन तथा कोरियोग्राफी गरेका छन्।

काठमाडौं । राजेशपायल राईको स्वरमा सजिएको गीत ‘जुनसँग के दाँजौं र’ युट्युबमा सार्वजनिक भएको छ ।

अमेरिकालाई कार्यथलो बनाउँदै आएका कलाकार भुवन लोहनीको शब्द र अभिनयमा रहेको म्युजिक भिडियो ओएसआर डिजिटिलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो ।

लोहनीको शब्द रहेको गीतमा दीपक शर्माले संगीत संयोजन गरेका छन् । लमजुङको घलेगाउँलाई पृष्ठभूमिमा राखेर छायांकन गरिएको छ ।

जन्मथलो घलेगाउँको प्रचार गर्ने लक्ष्यसहित भिडियो छायांकनको अवधारणा कृष्णबहादुर थापाले तयार पारेका हुन् ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बस्नेतले गरेका छन् । भडियोमा भुवन लोहनी र अर्बिशा थापाको अभिनय छ ।

भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । भिडियोका निर्माता सबिता भुवन जीएल र निशान लोहनी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?