+
+
Shares

जेनजी आन्दोलनको उपलब्धि रक्षा गर्न सच्चिएर अघि बढ्छौं : प्रचण्ड

रासस रासस
२०८२ पुष १८ गते १८:१९
फाइल तस्वीर

१८ पुस, संखुवासभा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताएका छन् ।

शुक्रबार खाँदबारीमा आयोजित नेपाली कम्युनिस्ट पार्टी संखुवासभाको एकता सन्देशसभामा संयोजक प्रचण्डले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताए ।

उनले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताए ।

सङ्कटमा परेको राष्ट्रलाई निकास दिन वामपन्थी र समाजवादी शक्ति मिल्नुको विकल्प नभएको उनको भनाइ थियो ।

हालै देखिएको जेनजी आन्दोलनले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको उनले बताए ।

जेनजी आन्दोलनको उपलब्धि रक्षा गर्न नेपाली कम्युनिस्ट पार्टी सच्चिएर अघि बढ्ने उनले बताए ।

त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको बताए ।

“नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैनन् भन्ने भ्रम थियो, तर जेनजी आन्दोलनले त्यो गलत सावित गरिदिएको छ”, उनले भने ।

सहसंयोजक नेपालले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकामा युवालाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता औँल्याए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?