२० पुस, सुर्खेत । नेकपा एमाले सुर्खेतले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका लागि उम्मेदवार सिफारिस गरेको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर–१ बाट ध्रुवकुमार शाही र २ बाट कुलमणि देवकोटाको नाम एकल सिफारिस गरेको हो ।
एमाले निर्वाचन क्षेत्र समन्वय समितिको शनिवार बसेको पूर्ण बैठकले शाही र देवकोटाको नाममा सर्वसम्मत सिफारिस गरेको प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।
क्षेत्र नम्बर १ बाट सिफारिस शाही एमाले प्रदेश कमिटीका सचिव हुन् । उनी २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए भने २०७९ सालमा पराजित भएका थिए ।
यही क्षेत्रबाट नेपाली कांग्रेसका कार्यवाहक सभापति समेत रहेका पूर्णबहादुर खड्का सिफारिस भएका छन् । कांग्रेसले खड्कालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिसकेको छ ।
यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट जीतबहादुर राना यही क्षेत्रबाट उम्मेदवार सिफारिस छन् ।
सुर्खेत क्षेत्र नम्बर २ बाट उम्मेदवारमा सिफारिस देवकोटा हाल एमाले सुर्खेतका अध्यक्ष छन् ।
क्षेत्र नम्बर २ मा कांग्रेसले पूर्व सांसद हृदयराम थानी र युवा नेता नारायण कोइराला सहित ६ जनाको नाम सिफारिस गरेको छ । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले झकबहादुर मल्ललाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
प्रतिक्रिया 4