News Summary
Generated by OK AI. Editorially reviewed.- सुजल डेरी प्रालिले नेपालमा पहिलो पटक डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा ल्याएको छ।
- यो उत्पादन प्रमुख ई–कमर्स साइट, मोडर्न ट्रेड स्टोर र भाटभटेनी सुपरमार्केटमा उपलब्ध छ।
- डिलाइट डेरी प्राइडले बालबालिकाको वृद्धि र विकासमा आवश्यक पोषक तत्त्व प्रदान गर्छ र १ किलो प्याक २ हजार १ सय रुपैयाँमा बिक्रीमा छ।
२० पुस, काठमाडौं । सुजल डेरी प्रालिले नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर’ बजार ल्याएको छ ।
यो उत्पादन अब प्रमुख ई–कमर्स प्ल्याटाफर्म, मोडर्न ट्रेड स्टोर तथा भाटभटेनी सुपरमार्केटमा उपलब्ध रहेको सुजल डेरीले जनाएको छ ।
डिलाइट डेरी प्राइड सजिलै मनतातो पानीमा घुल्ने भएकाले तुरुन्तै तयार गर्न सकिन्छ । यसले परिवारलाई जुनसुकै समयमा पनि क्रिमी र स्वादिलो दूध पिउन सहजता प्रदान गर्छ । प्रिमियम गुणस्तरको यो इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर आवश्यक पोषक तत्त्वले भरपूर्ण छ, जसले बालबालिकाको समग्र वृद्धि र विकासमा सहयोग पुर्याउँछ । चिनीरहित भएका कारण यो हरेक दिनको पोषणका लागि भरपर्दो र भरोसायोग्य विकल्प भएको कम्पनीको भनाइ छ ।
यसले दूधको प्राकृतिक गुण जोगाउँदै क्याल्सियम, प्रोटिन, भिटामिन ए र भिटामिन डी जस्ता आवश्यक पोषक तत्त्व प्रदान गर्छ । यी पोषक तत्त्वले बालबालिकाको बढ्दो उमेरमा हड्डी मजबुत बनाउन, मांसपेसी विकास गर्न तथा शारीरिक र मानसिक स्वास्थ्य तन्दुरुस्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
सजिलै र छिटो तयार गर्न सकिने, गुणस्तरमा सधैं एकरूपता कायम रहने र १२ महिनासम्म सुरक्षित भण्डारण गर्न मिल्ने यस उत्पादनले व्यस्त जीवनशैलीमा पनि पोषणको आवश्यकता पूरा गर्ने सुजलको भनाइ छ ।
यसको आधुनिक र आकर्षक प्याकेजिङले ताजापन, गुणस्तर र पोषण स्पष्ट रूपमा प्रस्तुत गर्दछ। मोइस्चर प्रतिरोधी मेटालिक प्याकले उत्पादनको ताजापन सुरक्षित राख्छ भने स्पष्ट र आकर्षक डिजाइनले उपभोक्तालाई डिलाइट ब्रान्डका मुख्य फाइदा सजिलै चिन्न मद्दत गर्दछ ।
डिलाइट डेरी प्राइडको स्वादिलो दूध बनाउन १ सय ८० मिलिलिटर मनतातो पानीमा २५ ग्राम (तीन चम्चाभरि) दूध पाउडर मिसाएर राम्ररी घोलेर तुरुन्तै पिउन सकिन्छ ।
यसले केवल छिटो दूध तयार गर्न नभई दैनिक खानामा स्वाद र पोषण दुवै थप्छ । यसलाई पौष्टिक दूधजन्य पेय, क्रिमी डिजर्ट, मिल्की चिया र स्वादिलो कफीमा सजिलै प्रयोग गर्न सकिन्छ ।
यो ताजा दूधबाट बनाइन्छ, जुन स्थानीय फार्मबाट संकलन गरिन्छ । उत्पादनदेखि प्याकेजिङसम्म हरेक चरणमा गुणस्तर परीक्षण र उच्च हाइजिन कायम राखिन्छ । अत्याधुनिक प्रविधि प्रयोग गरेर तयार गरिएको यस दूधले प्राकृतिक स्वाद र पोषण दुवै सुनिश्चित गर्दछ ।
डिलाइट डेरी प्राइड अब १ किलो प्याकमा २ हजार १ सय रुपैयाँमा उपलब्ध छ । यो प्रमुख ई–कमर्स साइटहरू दराज, मेरो किराना, स्मार्ट डोको, गिफ्टमान्डु, फुडमान्डु, भाटभटेनी सुपरमार्केट, बिगमार्ट, केके मार्ट र मोडर्न ट्रेड स्टोरमा किन्न सकिन्छ ।
प्रतिक्रिया 4