+
+
Shares

तोलामा ४ हजार ६ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २१ गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ।
  • अमेरिकाले भेनेजुयलामा गरेको आक्रमणले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उच्च दरले बढेको छ।
  • चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँ बढेर ४ हजार ६८५ रुपैयाँ पुगेको छ।

२१ पुस, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अमेरिकाले भेनेजुयलामा गरेको आक्रमण र नियन्त्रणले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सोमबार उच्च दरले बढेसँगै नेपाली बजारमा प्रभाव परेको हो ।

अन्तर्राष्ट्रिय बजारमा शनिबार र आइतबार कारोबार बन्द हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ४ सय अमेरिकी डलर नाघेको छ ।

चाँदीको भाउ तोलामा १८५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय रुपैयाँ रहेको चाँदी आज ४ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?