+

अतिरिक्त स्वास्थ्य सचिव पदमा १४ जनाको आवेदन, को–को छन् ?

२०८२ पुष  २१ गते १४:५२ २०८२ पुष २१ गते १४:५२
अतिरिक्त स्वास्थ्य सचिव पदमा १४ जनाको आवेदन, को–को छन् ?

२१ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त अतिरिक्त स्वास्थ्य सचिव (१२औं तह) को बढुवाका लागि १४ जना वरिष्ठ चिकित्सकहरूले आवेदन दिएका छन् ।

मन्त्रालयको बढुवा समितिले आवेदनमा माग गर्दै नेपाल स्वास्थ्य सेवाअन्तर्गत १२औं तहमा बढुवा प्रक्रिया सुरु गरेको थियो ।

मन्त्रालयले २८ मंसिरमा १५ दिनको समय दिएर आवेदन माग गरेको थियो । तोकिएको समयसीमाभित्रमा १४ जनाको आवेदन गरेको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।

आवेदन दिने चिकित्सकमा डा. कृष्ण प्रसाद पौडेल, डा. चुमनलाल दास, डा. रुना झा, डा. विनोविन्दु शर्मा, डा. राजन पाण्डे, डा. चन्द्रभाल झा, डा. युदुचन्द्र घिमिरे छन् ।

त्यसैगरी डा. सुधा देवकोटा, नारायणप्रसाद ढकाल, दुर्गालक्ष्मी श्रेष्ठ, डा. किरणमणि पौडेल, डा. प्रमोद यादव, डा. अभय पोखरेल, डा. विष्णु प्रसाद शर्मा छन् ।

अतिरिक्त स्वास्थ्य सचिव रहेका डा. टंकप्रसाद बाराकोटीले कार्यकाल सकिन अझै दुई वर्ष बाँकी छँदै गत १९ कात्तिकमा राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो । सोही रिक्त पदमा अहिले बढुवा प्रक्रिया अघि बढाइएको हो ।

हाल महाशाखाले आवेदनहरूको प्रारम्भिक जाँच र रुजु प्रक्रिया सुरु गरेको छ ।

प्रशासन महाशाखाका अनुसार आवेदन फारम, कार्यसम्पादन मूल्यांकन (कासमु) तथा अन्य आवश्यक कागजातहरूको परीक्षण गरी नम्बर गणना गर्ने काम भइरहेको छ ।

गत असार मसान्तसम्म पाँच वर्ष सेवा अवधि पूरा गरेका एघारौँ तहका कर्मचारीमात्र बढुवाका लागि योग्य हुनेछन् ।

अतिरिक्त स्वास्थ्य सचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

मौसम बदलिँदा हुने एलर्जीबाट बच्ने ९ उपाय

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

के मोटोपनाले सम्बन्धमा दूरी ल्याउन सक्छ ?

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

थालेसिमिया : नेपालमा एक वंशानुगत रक्त विकारको चुनौती

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

बिहेपछि महिलाहरूको महिनावारीमा किन हुन्छ परिवर्तन ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

नेपालमा पाइने विषालु सर्प कुन-कुन हुन् ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?

फोलिक एसिड : के गर्भयोजना बनाइरहेका दम्पती दुवैले खानुपर्छ ?