+

स्टिभ स्मिथ एसेजमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा दोस्रोमा उक्लिए

२०८२ पुष  २२ गते १४:२७ २०८२ पुष २२ गते १४:२७
स्टिभ स्मिथ एसेजमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा दोस्रोमा उक्लिए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियन टेस्ट ब्याटर स्टिभ स्मिथले सिड्नी क्रिकेट ग्राउन्डमा एसेज इतिहासमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।
  • स्मिथले एसेजको पाँचौं टेस्टको पहिलो इनिङमा १३औं शतक प्रहार गर्दै ३७औं टेस्ट शतक पूरा गरेका छन्।
  • स्मिथले एसेजमा ३६३६ भन्दा बढी रन बनाएका छन् र अस्ट्रेलियाले एसेज सिरिज ३-१ ले जितिसकेको छ।

२२ पुस, काठमाडौं । अस्ट्रेलियन टेस्ट ब्याटर स्टिभ स्मिथले आफ्नो घरेलु मैदान सिड्नी क्रिकेट ग्राउन्डमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनले इंग्ल्यान्डका महान ब्याट्सम्यान ज्याक हब्सलाई पछि पार्दै एसेज इतिहासमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।

स्मिथले अहिले भइरहेको एसेजको पाँचौं टेस्टको पहिलो इनिङमा शानदार शतक प्रहार गर्दै यो उपलब्धि पनि हासिल गरेका हुन् । एसेजमा यो उनको १३औं शतक हो । यस सूचीमा उनी सर डन ब्राडम्यानपछि दोस्रो स्थानमा छन्।

३६ वर्षीय स्मिथले आफ्नो करियरको ३७औं टेस्ट शतक पूरा गर्दै अस्ट्रेलियालाई इंग्ल्यान्डविरुद्ध पहिलो इनिङ्समा बलियो अग्रता दिलाएका छन् । ट्राभिस हेडको १६३ रनको आक्रामक इनिङ्सलाई राम्रोसँग अघि बढाउँदै स्मिथले तेस्रो दिनको अन्त्यमा १२९ रन बनाएर खेलिरहेका छन् ।

स्मिथले एसेजमा ३ हजार ६३६ भन्दा बढी रन बनाइसकेका छन् र यस सूचीमा उनीभन्दा अगाडि अब केवल ब्राडम्यान मात्र छन्। सन् २०१९ को एसेज सिरिज स्मिथको उत्कृष्ट प्रदर्शन मानिन्छ, जहाँ उनले ११०.५७ को औसतमा ७७४ रन बनाएका थिए।

अस्ट्रेलियाले पहिलो तीन टेस्ट जित्दै एसेज सिरिज पहिले नै आफ्नो पक्षमा पारिसकेको छ । मेलबर्नमा भएको चौथो टेस्ट भने इंग्ल्यान्डले जितेको थियो ।

स्टिभ स्मिथ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय