१३ भदौ, काठमाडौं । सरकारले २६ सभासद मनोनित गर्दा सर्वोच्च अदालतले दिएको आदेश उल्लंघन गरेको पाइएको छ ।
मन्त्रिपरिषदबाट सभासदमा मनोनित भएकी रुम्मिणीदेवी कोइरालाको नाम कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक सूचीमा भेटिएको छ । कांग्रेसले बुझाएको ३३५ समानुपातिक उम्मेदवारको सूचीमा कोइरालाको नाम ८२ औं नम्बरमा छ ।
२६ सभासद मनोनयनबारे सर्वोच्च अदालतले दिएको आदेशमा समानुपातिक सूचीमा भएका वा प्रत्यक्ष चुनाव लडेका उम्मेदवारलाई सभासद नबनाउन भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4