+

बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : संघर्ष युवा क्लब फाइनलमा

२०८२ पुष  २४ गते १७:४७ २०८२ पुष २४ गते १७:४७
बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल : संघर्ष युवा क्लब फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा संघर्ष युवा क्लब गोदावरी प्रवेश गरेको छ।
  • संघर्ष युवा क्लबले बागमारा स्पोर्ट्स क्लब लम्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
  • प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्।

२४ पुस, काठमाडौं । धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा संघर्ष युवा क्लब गोदावरी प्रवेश गरेको छ।

पहिलो सेमिफाइनल खेलमा बागमारा स्पोर्ट्स क्लब लम्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै संघर्ष उपाधि नजिक पुगेको हो।

खेलको पहिलो हाफमा संघर्ष युवा क्लबले एक गोलको अग्रता लिएको थियो। २७औं मिनेटमा आदित्य बडुवालले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए।

दोस्रो हाफमा संघर्षले थप दुई गोल गर्‍यो। ६९औँ मिनेटमा तिलक कडायतले गोल गर्दै अग्रता दोब्बर बनाए भने अतिरिक्त समयमा प्रकाश शाहीले गोल गर्दै संघर्षको जित सुनिश्चित गरे।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका संघर्ष युवा क्लबका आयुष महर ‘म्यान अफ द म्याच’ घोषित भए।

खेल अवधिभर संघर्ष युवा क्लबका खेलाडीहरूले पाँच पहेंलो कार्ड पाएका थिए। खेलको अन्त्यतिर संघर्षका कप्तान दीपक अधिकारीले रातो कार्ड पाएपछि मैदानबाट बाहिरिनु परेको थियो।

खेल भावना विपरीत व्यवहार गरेको भन्दै संघर्षका टिम म्यानेजर भुपेश श्रेष्ठ र सहायक प्रशिक्षक दिनेश नेपालीले पनि पहेंलो कार्ड पाएका थिए। बागमारा स्पोर्ट्स क्लब लम्कीका तर्फबाट अर्जुन शाहीले पहेंलो कार्ड पाए।

बागमाराले दोस्रो हाफमा केही गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाटै बाहिरिनुपर्‍यो।

अब संघर्ष युवा क्लब गोदावरीले उपाधिका लागि गौरीगंगा ११ स्पोर्ट्स क्लब र साहारा युवा क्लब पहलमानपुरबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

कैलाली जिल्ला फुटबल संघको आयोजनामा तथा बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोलीहरूको सहभागिता रहेको छ।

पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ। साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले जानकारी दिए।

बद्री कुन्ता मेमोरियल यू–१६ फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय