+
+
Shares

सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २४ गते १७:३९

२४ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशमा ३५२  जना कैदीबन्दी अझै कारागार बाहिरै रहेको पाइएको छ ।

२४ भदौको जेनजी आन्दोलनको बलमा विभिन्न कारागारबाट भागेका मध्ये तीन सय ५२ जना कैदीबन्दी पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार तीन सय ३३ पुरुष र १९ महिला गरेर तीन सय ५२ जना प्रतिवादी अहिलेसम्बम पक्राउ परेका छैनन् । सबैभन्दा धेरै कैलाली कारागारबाट भागेका २२९ जना कैदीबन्दी बाहिरै रहेका छन् ।

कञ्चनपुर कारागारबाट भागेका ९७ जना, बाल सुधार गृह डोटी र बझाङ कारागारका १२/१२ जना, दार्चुला कारागारका ६ जना, डडेल्धुरा कारागारका ५ जना र बैतडी कारागारका एक जना कैदीबन्दी फरार अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

जेनजी आन्दोलनको बलमा सुदूरपश्चिमका विभिन्न कारागारबाट एक हजार चार सय ५८ (१३८३ पुरुष र ७५ महिला) जना कैदीबन्दी बाहिर निस्किएर भागेका थिए । अहिलेसम्म प्रहरीले एक हजार ९४ जनालाई भने पक्राउ गरेर कारागार फर्काइसकेको छ । प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिएका मध्ये १ हजार ४९ जना पुरुष र ४५ महिला कैदीबन्दी रहेका छन् ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले जेनजी आन्दोलनका बेला कारागारबाट भागेर फरार भएका कैदीबन्दीको खोजी कार्य जारी राखिएको छ ।

प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक (डीएसपी) र जिल्लामा प्रहरी निरीक्षक (इन्सपेक्टर) को नेतृत्वमा फरार कैदीबन्दीको खोजीका लागि छुट्टाछुट्टै टोली यसअघि नै गठन गरेको थियो । ती टोलीहरूले अहिले पनि फरार कैदीबन्दी पक्राउ गर्ने कामलाई अभियानकै रूपमा अघि बढाएर सक्रियतापूर्वक काम गरिरहेको डीआईजी राना बताउँछन् ।

‘जेनजी आन्दोलका बेला फरार कैदीबन्दी पक्राउ गर्न प्रदेश र जिल्लामा यसअघि नै टोली गठन गरेर काम गरिरहेका छौँ । पहिलो चरणमा फरार सबैजसो कैदीबन्दीको घर ठेगानासम्म पुगेर खोज्ने काम भइसकेको छ,’ डीआईजी रानाले भने, ‘भेटिएका कैदीबन्दीलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याइएको छ । नभेटिएकाहरूको हकमा अहिले पनि व्यापक खोजी गरिरहेका छौँ ।’

डीआईजी रानाले भारततिर भागेका कैदीबन्दीलाई समेत भारतीय पक्षको सहयोगमा नियन्त्रणमा लिने काम भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?