२४ पुस, काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति विभागले राष्ट्रिय सभा चुनावका लागि पार्टीको तर्फबाट छनोट उम्मेदवारप्रति असहमति जनाएको छ ।
विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का लागि पार्टीले गरेको उम्मेदवार छनोटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै असहमित जनाएको हो ।
‘राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ मा नेपालको संविधानको भावना र समानुपातिक समावेशी सिद्धान्तको बर्खिलाप गर्दै नेपाली कांग्रेको तर्फबाट ९ जनाले उम्मेदवारी द एकोमा कांग्रेसको आदिवासी जनजातिक विभाग र पार्टीको भातृसंस्था नेपाल लाकतान्त्रवादी आदिवासीजनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिकएको छ ।
९ जनाले उम्मेदवारी दिँदै गर्दा नेपालको जनसंख्याको करिब ३७ प्रतिशत भन्दा ब९ हिस्सा ओगटेको आदिवासी जनजाति समुदायको एक जना पनि नसमेटिएकोमा पार्टी नेतृत्वप्रति विभागले असहमति जनाएको हो ।
११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालले भागबन्डा गर्ने सहमति अनुसार कांग्रेसबाट ९ जनाले उम्मेदवारी दिएका छन् । २३ पुसमा उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको हो ।
प्रतिक्रिया 4