+

स्कटल्यान्डसँगको अभ्यास खेलमा नेपाल पराजित

२०८२ पुष  २५ गते १२:३८ २०८२ पुष २५ गते १२:३८
स्कटल्यान्डसँगको अभ्यास खेलमा नेपाल पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसि महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग २८ रनले पराजित भएको छ।
  • स्कटल्यान्डले दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो।
  • नेपालका लागि सम्झना खड्काले अविजित ५२ रन बनाइन् भने कविता कुँवरले अविजित २९ रन बनाइन्।

२५ पुस, काठमाडौं । आईसीसि महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि भइरहेको अभ्यास खेलमा नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित भएको छ ।

शुक्रबार दिउँसो सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनायो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन बनाइन् । कविता कुँवरले अविजित २९ रन बनाइन् । कप्तान इन्दु बर्माले २८ तथा कविता जोशीले २२ रन बनाइन् ।

स्कटल्यान्डका लागि डार्शी कार्टरले ३ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् । क्याथरिन ब्रिस, ओलिभिया बेल र चोल अबेलले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो । क्याथरिन ब्रिसले २८ बलमाअविजित ६२ रन बनाएर रिटायर भइन् । प्रियानाज चटर्जीले अविजित ४० रन बनाइन् ।

नेपालका लागि रुबिना क्षेत्री र कविता कुँवरले २-२ विकेट लिइन् भने रिया शर्मा र रचना चौधरीले १-१ विकेट लिए ।

नेपालले स्कटल्यान्डसँग मुख्य प्रतियोगितामा पनि खेल्नेछ ।

नेपाली महिला क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय