+
+
Shares

‘मेरी बास्सै’ को निर्देशक, कलाकारको भूमिकामा फर्किए दमन रुपाखेती

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’ का निर्देशक र अभिनेताको रुपमा दमन रुपाखेती ४ वर्षपछि पुनः सिरियलमा फर्किएका छन्।
  • रुपाखेतीले निर्देशन गरेका ३ एपिसोड युट्युबमा सार्वजनिक भइसकेका छन् र माघदेखि टिभीमा पनि प्रसारण गर्ने योजना रहेको छ।
  • उनीले सिरियललाई युवा दर्शकलाई रुचिकर बनाउन र हरेक एपिसोडलाई १० लाखभन्दा बढी भ्युज पुर्‍याउने लक्ष्य राखेका छन्।

काठमाडौं । चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’ को निर्देशक र अभिनेताको रुपमा दमन रुपाखेतीको पुनरागमन भएको छ । राजु मास्टरले छाडेपछि रुपाखेती ४ वर्षपछि सिरियलमा फर्किएका हुन् ।

रुपाखेतीले निर्देशन गरेका ३ एपिसोड युट्युबमा आइसकेको छ । ‘अब सिरियल रहुञ्जेल यसैमा काम गर्छु’ रुपाखेतीले अनलाइनखबरसँग भने, ‘अब सिरियललाई युवा दर्शकलाई समेत रुचिकर हुने ढंगले अघि बढाउँछौं ।’

राजु मास्टरले स्वेच्छाले सिरियल छाडेको रुपाखेतीले बताए । पहिले लामो समयसम्म यो सिरियलमा काम गरेका उनी पछिल्ला वर्ष अन्य र आफैले पनि सिरियल ल्याउन थालेपछि ‘मेरी बास्सै’ छाडेका थिए।

रुपाखेती दोस्रोपटक सिरियलमा जोडिएका हुन् । यसअघि उनले ८० भागसम्म निर्देशन गरेका थिए । त्यसपछि उनले ‘झ्यानाकुटी’ र ‘हाकाहाकी’ सिरियल ल्याए ।

युवापुस्तालाई समेत रुचिकर हुने ढंगले सिरियल ल्याउने रुपाखेतीले बताए । उनले हरेक एपिसोडको युट्युब भ्यूज १० लाखभन्दा बढी भ्युज पुर्‍याउने योजना रहेको बताए ।

यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको यो सिरियल असारयता मिडिया हबको युट्युब च्यानलमा मात्र आइरहेको छ । माघदेखि पुनः कुनै एक टिभीमा ल्याउने योजना रहेको जानकारी रुपाखेतीले दिए ।

यो सिरियलमा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, पल्पसा डंगोल, दिवाकर भण्डारी, उत्तम केसी, सुरेन्द्र केसी, साया भण्डारी, यादव थापा लगायतको अभिनय हुँदै आएको छ ।

रुपाखेती चाहिँ घरज्वाइँको भूमिकामा देखिँदै आएका छन् । ‘मेरी बास्सै’ हरेक मंगलबार राती साढे ८ बजेदेखि युट्युब च्यानलमा आउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?