जनकपुरधाम, पुस २६ गते । धनुषाको मिथिला नगरपालिका- २ सुकजोरस्थित सन्त रामपाल आश्रमअगाडि झडप भएको छ । भारतीय धर्म गुरु सन्त रामपालका अनुयायी र स्थानीयबीच ऐलानी जग्गा अतिक्रमणको विषयलाई लिएर झडप भएको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन सातसेल अश्रु ग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए ।
उनका अनुसार झडपको क्रममा स्थानीयतर्फ अहिलेसम्म आठजना घाइते भएको जानकारी आएको छ ।
स्थानीयहरूले सो क्रममा जनकपुर ढल्के सडक अवरुद्ध गरेका छन् । सखुबा महेन्द्रनगरस्थित औरही पुलमा स्थानीयहरूले एक एम्बुलेन्समा तोडफोड समेत गरेका छन् ।
अहिले भने अवस्था सामान्य हुँदै गएको प्रहरी निरीक्षक यादवको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4