२६ पुस, काठमाडौं । द काउन्सिल अफ जेनजीका संयोजक सुदन गुरुङले उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकता भंगको खबरले नराम्रो लागेको बताएका छन् ।
अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै गुरुङले पुरानाहरू एकजुट हुन लाग्दा नयाँहरू झगडा गरिरहेको भन्दै आपत्ति जनाएका हुन् ।
‘नयाँहरू झगडा गर्दै बस्छन्, नयाँहरू मिल्छन्,’ उनले भने, ‘मैले मिल्नु भनेर छोडिदिएको हो । मिल्ने त उहाँहरू हो । यसरी मिल्नु उसरी मिल्नु त मैले भन्न मिल्दैन ।’
यसअघि रास्वपा र उज्यालो नेपालबीच समझदारी पत्रमा हस्ताक्षर हुनुअघि उनै गुरुङले कुलमान घिसिङलाई आफ्नो गाडीमा लिएर गई बालेन र रवि लामिछानेसँगको छलफलमा सहभागी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4