+
+
Shares

रास्वपा सहमहामन्त्री आचार्यले लिए समानुपातिकको सूचीबाट नाम फिर्ता

खस आर्यतर्फ पहिलो नम्बरमै भएका थिए सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।
  • समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको संख्या बढेपछि आचार्यले पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुन नाम फिर्ता लिएको एक नेताले बताए।
  • यसअघि पनि डा. अरनिको पाँडे, टासी शेर्पा लगायतले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका छन्।

२७ पुस, काठमाडौं । रास्वपा सहमहामन्त्री विपिन कुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको रास्वपा स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । समानुपातिकतर्फ इच्छा जाहेर गर्नेहरूको संख्या बढेपछि पार्टीका विभिन्न गतिविधिमा सक्रिय हुन भन्दै उनले नाम फिर्ता लिएको एक नेताले जानकारी दिए ।

उनलाई पार्टी खस आर्यतर्फको पहिलो नम्बरमा समानुपातिकतर्फ सिफारिस गरेको थियो ।

रास्वपामा एकपछि अर्काले नाम फिर्ता लिने क्रम जारी छ ।

यसअघि नै डा. अरनिको पाँडे, टासी शेर्पा, त्रिशला गुरुङ, आसिफ साह, सचिन ढकाल, महेन्द्र लावती, मिलन लिम्बू,  सिर्जना ओली (सिर्जु), मोहना अन्सारी, साजन विक र सुदेश गुरुङले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको घोषणा गरिसकेका छन् ।

कार्यतालिका अनुसार यही पुस १३ र १४ गते निर्वाचन आयोगमा दलहरूले समानुपातिक उम्मेदवारको सूची बुझाएका थिए । त्यसउपर अध्ययन गरेर निर्वाचन आयोगले आइतबार दलहरूलाई देखिएका त्रुटि सच्याउन भनेको हो ।

यो कार्य सकिएपछि उम्मेदवारी फिर्ताको कार्यतालिका अगाडि बढ्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?