+
+
Shares

गुट होइन, विधानको आधारमा कांग्रेस चलोस् : पुष्पा भुसाल

पार्टीभित्र अवसरका लागि कुनै नेताको वरिपरि घुम्न नपरोस्

नेपाली कांग्रेसको दोस्रो महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले अब पार्टीभित्र अवसरका लागि कुनै नेताको वरिपरि घुम्न नपरोस् भन्ने कामना गरिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २७ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले पार्टी गुटको आधारमा नभई विधानको आधारमा चल्नुपर्ने बताएकी छन्।
  • भुसालले कांग्रेसलाई गुट र कृपाबाट मुक्त गरी बीपीको विचारमा आधारित बनाउनुपर्ने बताइन्।
  • उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको विशेष महाधिवेशन मागलाई समर्थन जनाइन् र बन्दसत्रमा सहभागी हुन आग्रह गरिन्।

२७ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कुनै गुटको आधारमा नभई विधानको आधारमा पार्टी चल्नुपर्ने बताएकी छन् ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले अब पार्टीभित्र अवसरका लागि कुनै नेताको वरिपरि घुम्न नपरोस् भन्ने कामना गरिन् ।

‘कांग्रेस अब गुटबाट मुक्त हुनुपर्छ, कृपाबाट मुक्त हुनुपर्छ । हामी गुट चिन्दैनौं, कृपा मान्दैनौं,’ उनले भनिन्, ‘दुई महामन्त्रीले नेतृत्व गरिरहनुभएको छ । अब कांग्रेस बीपीको विचारबाट खडा भएको कांग्रेस बनोस् ।’

पार्टीको संस्थापन पक्षका ३० केन्द्रीय सदस्यको प्रतिनिधित्व गर्दै सम्बोधन गरेकी भुसालले सुधारिएको कांग्रेस बन्ने आशासहित आफूहरू उहाँ उपस्थित भएको बताइन् ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेपछि ३० जना केन्द्रीय सदस्यहरू नेताहरूका घरघरमा गएर सम्झाउन खोजेको तर निराश हुनुपरेको उनले स्मरण गरिन् ।

‘कांग्रेसको संस्थापन पक्षका ३० केन्द्रीय सदस्य यहाँ उपस्थित हुँदै विशेष महाधिवेशनलाई शुभकामना दिन चाहन्छौं । विधानत: ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवशेन माग गरेपछि हामी नेताको घरघरमा गयौं । बुझाउन खोज्यौं । विशेष महाधिवेशन आह्वान होस् भन्यौ । तर हामी निराश भएर फर्किनुपर्‍यो,’ उनले थपिन्, ‘त्यसैले हामी यो उद्घाटन कार्यक्रममा त्यो ५४ प्रतिशत हस्ताक्षरलाई सम्बाधन गर्न यहाँ उपस्थित भएका हौं । हाम्रो विधानको धारा १७ (२) लाई प्रतिबद्धता जनाउन, विधानभन्दा कोही नेता विधानभन्दा बाहिर जान सक्दैन भन्नका लागि यहाँ उपस्थित भएका छौं ।’

उनले विशेष महाधिवेशनमा सहभागी नभएका अन्य महाधिवेशन प्रतिनिधि र नेताहरूलाई भोलिबाट सुरु हुने बन्दसत्रमा उपस्थित हुन र नयाँ कांग्रेसको झण्डा फर्फराएँदै जिल्ला फर्कने वातावरण बनाउन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?