+
+
Shares

‘झरीपछिको इन्द्रेणी’ को कमाइ करोड नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते ११:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'झरीपछिको इन्द्रेणी' ले घरेलु बक्सअफिसमा १ करोड १२ लाख ३८ हजार ९०४ नेरु ग्रस कमाएको छ।
  • 'परान' फिल्मले देशब्यापी १७ करोड ७४ लाख २२ हजार १९० नेरु ग्रस कमाएको छ र ६ लाख २९ हजार ६९० टिकट बिक्री भएको छ।
  • 'मुगलान' फिल्मले ६ लाख ३१ हजार ९४४ नेरु ग्रस कमाएको छ र २४०० टिकट बिक्री भएको छ।

काठमाडौं । अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा १ करोड नेरु ग्रसभन्दा धेरै कमाइ गरेको छ । पछिल्लो शनिबारसम्म सिनेपाः बक्सअफिसमा कूल कमाइ १ करोड १२ लाख ३८ हजार ९०४ नेरु ग्रस छ ।

सोही अवधिमा फिल्मका ३५ हजार ८४२ वटा टिकट बिकेका छन् । काठमाडौं महानगरका मेयर तथा रास्वपा वरिष्ठ नेता बालेनले पनि यो फिल्मको प्रचार गरेका थिए ।

‘परान’ ले सोही अवधिसम्म देशब्यापी १७ करोड ७४ लाख २२ हजार १९० नेरु ग्रस कमाएको छ । यसका ६ लाख २९ हजार ६९० वटा टिकट बिकेका छन् ।

‘मुगलान’ ले ६ लाख ३१ हजार ९४४ नेरु ग्रस कमाएको छ । यो फिल्मका २४०० टिकट बिकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?