+
+
Shares

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र (तस्वीरहरू)

बन्दसत्रमा अहिले महामन्त्री विश्वप्रकाश शर्माले आफूले तयार पारेको सांगठनिक प्रतिवेदन पेश गरिरहेका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ पुष २८ गते १२:४६

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको आज दोस्रो दिन हो । काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा केहीबेरदेखि बन्दसत्र सुरु भएको छ ।

बन्दसत्रमा अहिले महामन्त्री विश्वप्रकाश शर्माले आफूले तयार पारेको सांगठनिक प्रतिवेदन पेश गरिरहेका छन् ।

दुई उमेर समूहका छुट्टाछुट्टै संख्याको प्रतिनिधित्व रहनेगरी समितिहरू बनाउने प्रस्ताव राख्ने भएका छन् । जस अनुसार केन्द्रीय समितिमा ३० वर्ष मुनिका २० र ३० देखि ४० वर्ष उमेर समूहका २० जनालाई प्रतिनिधित्व गराउनेगरी प्रस्ताव राखेका छन् ।

त्यस्तै, प्रदेश समितिमा ३० मुनिका १० र ३० देखि ४० वर्ष समूहका १० जनालाई प्रतिनिधित्व गराउने प्रस्ताव शर्माले राखेका छन् ।

त्यस्तै, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद पदमा उनले पुरानै प्रस्ताव दोहोर्‍याएका छन् ।

तस्वीरहरू : 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?