+
+
Shares

हङकङमा मध्यरातसम्म गुञ्जिए दीप श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दीप श्रेष्ठले जोर्डनस्थित नाथान रोडमा ७५ औं जन्मोत्सवको अवसरमा 'न्यू इयर सेलिबे्रसन म्यूजिकल ग्यादरिङ' मा प्रस्तुति दिएका छन्।
  • श्रेष्ठले दर्जनभन्दा बढी कालजयी गीतहरू सुनाएर नेपाली संगीतप्रेमीलाई मन्त्रमुग्ध तुल्याएका थिए।
  • कार्यक्रम आयोजक प्रदीप थापाले नयाँवर्ष २०२६ र जन्मोत्सवको अवसरमा सांगीतिक कार्यक्रम आयोजना गरिएको बताए।

हङकङ । द नेप्लिज एसोसिएसन हङकङको आयोजनामा वरिष्ठ गायक दीप श्रेष्ठले जोर्डनस्थित नाथान रोडमा आइतबार प्रस्तुति दिएका छन् । आफ्नो ७५ औं जन्मोत्सवको अवसरमा श्रेष्ठ ‘न्यू इयर सेलिबे्रसन म्यूजिकल ग्यादरिङ’ मा गुञ्जिए ।

मध्यरातसम्म नेपाली सुगम संगीतका पारखीमाझ गायक श्रेष्ठले दर्जनभन्दा धेरै कालजयी गीत सुनाएर जीवनको अनुभूति समेत साटेका थिए ।

सो अवसरमा उनले आफ्ना हिट गीतहरू ‘म त दूरदेखि आएँ, तिम्रो नाम बोकेर’, ‘हुँ यात्री एउटा रुमल्लिने अँधेरी रातमा’ हुँदै ‘मेरो आँखामा हरदिन बादल छाइ रह्यो’ सुनाएर उनले दर्शकलाई मन्त्रमुग्ध तुल्याए ।

केही क्षणको विश्रामपछि मातृभूमि नेपाल सम्झेर फेरि सुनाए, ‘कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो कोर्न सकिन’, ‘हररात सपनीमा ऐठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि’ लगायत गीत सुनाएका थिए । उनलाई हङकङस्थित अन्य नेपाली कलाकारले पनि गायनमा साथ दिए ।

आयोजक संस्थाका अध्यक्ष प्रदीप थापाले श्रेष्ठको जन्मोत्सव र नयाँवर्ष २०२६ को अवसरमा कार्यक्रम आयोजना गरिएको बताए । उनले व्यस्त जीवनको बाबजुुद फुर्सद निकालेर संगीतका पारखीलाई भेला पारेर कार्यक्रम गरिएको बताए ।

जेडीमलस्थित एभरेस्ट रेष्टुरेन्ट एण्ड बारमा सम्पन्न सांगीतिक कार्यक्रमलाई संचारकर्मीसमेत रहेका देवराज राईले संचालन गरेका थिए । कार्यक्रममा त्यहाँस्थित लब्ध प्रतिष्ठित व्यक्तिहरू, कलाकार, व्यापारी, उद्यमीसमेतको उपस्थिती थियो । कार्यक्रम आयोजनाका लागि एसोसिएसनलाई धरान हङकङ मन्च, धरान युथ एसोसिएसन, जीवन यात्रा सहयोगी समूह, गोर्खा युथ एसोसिएसन र नेपाल क्लबले साथ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?