+
+
Shares

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रशान्त तामाङको निधनमा दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा दुःख व्यक्त गर्नुभएको छ।
  • मोदीले तामाङकी श्रीमती मार्था एलीलाई शोकपत्र पठाउँदै अपुरणीय क्षति पुगेको जनाउनुभएको छ।
  • पत्रमा मोदीले प्रशान्तको गायन र अभिनय कलाको प्रशंसा गर्दै उहाँलाई प्रेरणाको स्रोत बताउनुभएको छ।

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । तामाङकी श्रीमती मार्था एलीलाई सोमबार शोकपत्र पठाउँदै मोदीले प्रशान्तको निधनले अपुरणीय क्षति पुगेको जनाएका छन् ।

मोदीले प्रशान्तको गायन र अभिनय कलाको प्रशंसा गरेका छन् ।

पत्रमा मोदीले लेखेका छन्, ‘आफ्नो भावपूर्ण गायकी र उत्कृष्ट अभिनयले प्रशान्त तामाङजीले मनोरञ्जनको दुनियाँमा आफ्नो लागि एक विशिष्ट स्थान बनाउनुभयो । दृढ सङ्कल्प र विशाल प्रतिभाको प्रतीक उहाँले देशभरका करोडौँ मन छुनु भयो । प्रशान्त तामाङजी अनगिन्ती मानिसहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्छ ।’

प्रशान्तको जीवन यात्राले युवालाई सपनामा विश्वास गर्न र कडा परिश्रम गर्न प्रेरित गर्ने उल्लेख गर्दै मोदीले शोकपत्रमा लेखेका छन्, ‘यस कठिन घडीमा उहाँसँग बिताएका क्षणहरूको सम्झनाले परिवारलाई सान्त्वना प्रदान गर्नेछ । परिवारका सदस्यहरू र उहाँका असङ्ख्य प्रशंसकहरूलाई यो दुखद क्षति सहन सक्ने शक्ति र धैर्य प्रदान होस् ।’

मोदीको शोकपत्रलाई भारतीय जनता पार्टीका सांसद तथा बीजेपीका राष्ट्रिय प्रवक्ता राजु विष्टले फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि प्रशान्तको निधनमा दुःख व्यक्त गरेकी छन् । आइतबार हृदयघातबाट प्रशान्तको नयाँ दिल्लीमा निधन भएको थियो । उनको आज अन्त्येष्टि गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?