+
+
Shares

पेरिसडाँडामा नेकपाका केन्द्रीय सदस्यको भर्चुअल शपथ (तस्वीरहरू)

भौतिक रुपमा उपस्थित हुन नसक्नेलाई प्रदेशमै डिजिटल माध्यमबाट शपथ गराइएको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ पुष २९ गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २४९९ सदस्यीय केन्द्रीय समितिका सदस्यहरूको शपथ ग्रहण पेरिसडाँडामा जारी छ।
  • नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग शपथ लिइसकेका छन्।
  • भौतिक रुपमा उपस्थित हुन नसक्ने सदस्यलाई प्रदेशमै डिजिटल माध्यमबाट शपथ गराइएको छ।

२९ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूको शपथ ग्रहण जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि शपथ जारी छ ।

नेताहरूका अनुसार, नेकपाले २४९९ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।

भौतिक रुपमा उपस्थित हुन नसक्नेलाई प्रदेशमै डिजिटल माध्यमबाट शपथ गराइएको छ ।

पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालले जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग शपथ लिइसकेका छन् ।

उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?