+
+
Shares

गगन-विश्वले पेश गरेका दुवै प्रतिवेदन पारित

महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १९:०६

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदनहरू पारित भएको छ ।

बन्दसत्रको हलमा उनीहरूले हिजो छुट्टाछुट्टै दुईवटा प्रतिवेदन पेश गरेका थिए ।

उक्त प्रतिवेदनहरूमाथि समूहगत छलफल भएर टोली नेताले निष्कर्ष सुनाएका थिए । लगत्तै आजै बन्दसत्रबाट उक्त प्रतिवेदनहरू पारित भएका हुन् ।

महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?