+
+
Shares

बन्दोबस्त मिलाएरै निर्वाचन आयोग जान्छौं : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १९:४३

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताएका छन् ।

मंगलबार काठमाडौंमा विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरू घर फर्किन मिल्ने भएपनि आफूहरू निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको बताए ।

‘यहाँबाट नेतृत्व चयन गरिसकेपछि तपाईंहरू कतिपय घर फर्किंदा होला तर हामीलाई निर्वाचन आयोगले पर्खिरहेको हुन्छ । विशेष महाधिवेशनबाट कस्तो नेतृत्व चयन गर्‍यो । के निर्णय लिएर आयो भनेर पर्खिरहेको होला । हामीले निर्वाचन आयोग पनि पुग्नुछ । हामीले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ सबै कुरा गरिसकेको कुरालाई पुर्‍याउनु छ,’ उनले भने ।

निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर उनले गरे ।

‘तपाईंहरू कतिपय साथीलाई लाग्नसक्छ, मैले उम्मेदवारी दर्ता गरेको छु, मैले चुनाव लडेर मज्जैको मतले जित्नसक्छु भन्ने लाग्नसक्छ । तर तपाईंहरूलाई हामीले के भन्नुपर्ने हुनसक्छ भने उम्मेदवारी दर्ता त गर्नुभयो । सर्वसम्मत रुपमा आइदिनुस् भन्नुपर्ने हुनसक्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?