+
+
Shares

दुई महामन्त्रीले निष्क्रिय हुनुस् भन्दा देउवाले मुन्टो हल्लाए, जवाफ दिएनन्

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते ९:४७

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र दुई महामन्त्रीबीचको भेट सकिएको छ ।

देउवा निवासमा भएको भेटमा कुनै ठोस निर्णय भएन । यसअघि भएका वार्ताहरू निर्षकर्षविहीन भएपछि देउवाले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई बुधबार बिहानै छलफलका लागि बोलाएका थिए ।

देउवासँगको भेटमा दुवै महामन्त्रीले सभापति देउवाको सक्रियताबारे चासो राखेका थिए ।

‘२८ असोजको केन्द्रीय कार्यसमिति बैठकमा जसरी आउनुभएको थियो, यसबाट तपाईंको सम्मान बढेकै थियो । फेरि किन सक्रिय हुनुभयो ? यसले सम्मान बढाउँदैन । तपाईं निष्क्रिय हुनुस्,’ देउवालाई गरिएको आग्रहबारे महामन्त्रीहरूले भने  ।

उनीहरूबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो ।

सभापति देउवासँगको छलफलमा ठोस निर्णय नआएपछि महामन्त्रीहरू निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारीमा छन् ।

विशेष महाधिवेशन पक्षधरका अनुसार हिजो वार्ता टोलीसँग भएको सहमतिबाट समेत सभापति देउवा पछि हटेका कारण दुई महामन्त्री वार्ता छोडेर निस्किएको र अब निर्वाचन प्रक्रिया अघि बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?