+

पहिलो वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित

२०८२ पुष  ३० गते १२:५८ २०८२ पुष ३० गते १२:५८

यो खेलको कुनै अन्तराष्ट्रिय वा टी-२० मान्यता भने हुने छैन । नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ ।

पहिलो वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अघिको वार्मअप खेलमा आयरल्यान्डसँग ९९ रनले पराजित भयो।
  • आयरल्याण्डले दिएको २०१ रनको लक्ष्य नेपालले १९ ओभरमा १०१ रनमा अल आउट भएर पूरा गर्न सकेन।
  • नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ।

३० पुस, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट अघिको वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ ।

नेपाल बलियो टोली आयरल्यान्डसँग ९९ उनले पराजित भएको हो । आयरल्यान्डले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०१ रनमा अल आउट भयो ।

नेपालका लागि कविता जोशीले सर्वाधिक २८ तथा बिन्दु रावलले २५ रन बनाइन् । कप्तान इन्दु बर्माले १२ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो । कप्तान गेबी लेविसले ३८ बलमा ७७ रनको विस्फोटक इनिङ खेलेर रिटायर आउट भइन् ।

त्यस्तै, ओर्ला पेन्डरगास्टले २९ बलमा ६२ रनको आक्रमक पारी खेलिन् । उनी पनि रिटायर आउट भइन् । लिया पलले २१ रन बनाइन् ।

नेपालका लागि रुबिना क्षेत्रीले २ तथा रिया शर्माले १ विकेट लिए ।

यो खेलको कुनै अन्तराष्ट्रिय वा टी-२० मान्यता भने हुने छैन । नेपालले अब शुक्रबार अमेरिकासँग दोस्रो वार्मअप खेल खेल्ने छ ।

आयरल्यान्ड नेपाल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय