+

हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

२०८२ पुष  ३० गते १६:४२ २०८२ पुष ३० गते १६:४२
हिमालयन च्यालेन्जर्स चेसमा लियोनको लगातार तेस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा १२ वर्षीय लियोन महर्जनले लगातार तेस्रो जित हात पारेका छन् ।
  • अभिक शाह, सजल न्यौपाने र लियोन महर्जनले तेस्रो चरणसम्म शतप्रतिशत जितसहित शीर्ष तीन स्थानमा छन् ।
  • प्रतियोगिता माघ ४ गतेसम्म काठमाडौंको हिमालयन चेस हलमा ९ चरणमा सञ्चालन हुँदैछ ।

३० पुस, काठमाडौं । हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा मंगलबार पुष्पसदन हाईस्कुलका लियोन महर्जनले हार्दिक पन्तलाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेका छन् ।

१२ वर्षीय लियोनले दुई घन्टा ४५ मिनेटको प्रतिस्पर्धापछि १६०५ रेटेड हार्दिकको चुनौती पन्छाएका हुन् । हिमालयन च्यालेन्जर्सको तेस्रो चरणका खेल सकिदा अनरेटेड लियोनले तीनै खेलमा रेटेड खेलाडीलाई हराएका छन् ।

उनले पहिलो चरणमा ईश्वर लामा (१५५१) र दोस्रो चरणमा अनमोल राई (१५३४) लाई पराजित गरेका थिए । उनले चौथो चरणमा बुधबार १६०७ रेटेड रोहित श्रेष्ठविरुद्ध खेल्दैछन् ।

हिमालयन चेस एकेडेमीद्वारा काठमाडौं जिल्ला चेस संघसँग सहकार्य गर्दै युवा खेलाडीको स्तरोन्नतिको लागि आयोजित हिमालयन च्यालेन्जर्सको तेस्रो दिन शीर्ष वरीयताका अभिक शाह (१९१८ रेटेड) र सजल न्यौपाने (१६९७) ले पनि शतप्रतिशत जितलाई कायम राखे । सेन्ट जेभियर्स कलेजका अभिकले शुभांग प्रधानलाई पराजत गरे भने द ब्रिटिश कलेजका सजलले निहाना श्रेष्ठको अपराजित यात्रामा पूर्णविराम लगाइदिए । चौथो चरणमा वुधबार अभिकविरुद्ध सजलको खेल हुँदैछ ।

तेस्रो चरणका खेलमा अग्रता आचार्यले सात्विकमान तुलाधर, रोहित श्रेष्ठले रेयांश खनाल, विमश लोहनी ईश्वर लामा, अनमोल राईले नायुमा मगर, आशिर्वाद थापाले अभिक रेग्मी, प्रवीर केसीले रेयांश महर्जन, उजिभानी कँडेलले विराज सरिया, निवा राईले रियांशु पौडेल, वियांका गौतमले श्रेयांश सापकोटा, सूर्यप्रताप सिंह कार्कीले ओजस्वी श्रेष्ठ र अरण्य तुलाधरले अभियान राईविरुद्ध जित निकाले ।

काठमाडौं ११ थापाथलीस्थित हिमालयन चेस हलमा सञ्चालित प्रतियोगितामा अभिक, सजल र लियोन तेस्रो चरणसम्म शतप्रतिशत जितसहित शीर्ष तीन स्थानमा छन् । प्रत्येक जितमा ३ अंक दिइने नियमानुसार यी तीन खेलाडीले ९–९ अंक बनाएका  छन् । १३ खेलाडीले ६–६ अंक जोडेका छन् । दस खेलाडीको खातामा ३ अंक रहेको छ । चार खेलाडी अंकको खाता खोल्न संघर्षरत्  छन् ।

स्वीस प्रणालीको आधारमा नौ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक चरणको खेल हुनेछ । प्रत्येक चरणमा खेलाडीलाई ९० मिनेटसँगै ३० मिनेटको इन्क्रिमेन्ट समय दिइनेछ । कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेस माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।

हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय