News Summary
Generated by OK AI. Editorially reviewed.- रियालिटी शो ‘मेरो कविता : द रिदम अफ पोयट्री’ ४ माघदेखि सुरु हुने भएको छ।
- डिजिटल अडिसनमा करिब २५० भन्दा बढी नेपालीभाषी कवि सहभागी भएका थिए।
- प्रतियोगितामा २५ जना कवि छनोट भएका छन् र प्रत्येक हप्ता दुई जना बाहिरिनेछन्।
काठमाडौं । रियालिटी शो ‘मेरो कविता : द रिदम अफ पोयट्री’ ४ माघदेखि सुरु हुने भएको छ । नेपाली भाषामा कविता लेखिरहेका नवीन प्रतिभाको पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यले शो आयोजना गर्न लागिएको हो ।
शो निर्देशकमा केवल क्षेत्री र सहायक निर्देशकमा पवित्रा राई छन् । डिजिटल अडिसन ९ मंसिर (नोभेम्बर २५) सम्म सञ्चालन गरिएको थियो। । अडिसनमा नेपालसहित विभिन्न मुलुकमा बसोबास गर्ने करिब २५० भन्दा बढी नेपालीभाषी कवि सहभागी थिए ।
तीमध्येबाट विभिन्न चरण पार गर्दै हाल २५ जना कवि प्रतियोगिताका लागि छनोट भएका छन् । छनोट भएकाहरूबीच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ ।
निर्णायकको मूल्याङ्कनसँगै दर्शकले आफूलाई मन परेका प्रतिस्पर्धीलाई भोट हाल्न सक्ने व्यवस्था गरिएको छ । प्रत्येक हप्ता दुई जना प्रतिस्पर्धी बाहिरिने र अन्त्यमा एक जनाले उपाधि जित्नेछन् ।
झापाको दमक बेलडाँगी क्षेत्रमा छायाङ्कन भइरहेको प्रतियोगिताको निर्णायक मण्डलमा कविद्धय हेमन यात्री र उत्तम तुम्सा लिम्बु, चर्चित गजलकार सुमन स्मारिका तथा अज्ञात ददी छन् ।
प्रतिक्रिया 4