+
+
Shares

दिपलको ट्रान्सफर्मर एक्स बजारमा, अत्याधुनिक एयर सस्पेन्सन र मसाज सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमएडब्लू वृद्धिले नेपालमा सबैभन्दा एड्भान्स्ड इलेक्ट्रिक एसयूभी 'अल न्यु दिपल ई०७ ट्रान्सफर्मर एक्स' सार्वजनिक गरेको छ।
  • ट्रान्सफर्मर एक्समा एड्भान्स्ड एयर सस्पेन्सन, चारै सिटमा मसाज सुविधा र ८९.९८ किलोवाट आवरको ब्याट्री छ।
  • यो एसयूभीको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ र ह्वाइट, ब्ल्याक र ग्रे रंगमा उपलब्ध छ।

३० पुस, काठमाडौं । एमएडब्लू वृद्धिले हालसम्मकै सबैभन्दा एड्भान्स्ड र अपग्रेडेड इलेक्ट्रिक एसयूभी ‘अल न्यु दिपल ई ०७ ट्रान्सफर्मर एक्स’ नेपालमा सार्वजनिक गरेको छ ।

एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकारियाले संयूक्त रुपमा आधुनिक एयर सस्पेन्सन र चारै सिटमा मसाज सुविधासहितको ट्रान्सफर्मर एक्स सार्वजनिक गरे ।

‘ह्वेन लक्जरी चुजेज एड्भेन्चर’ दर्शन रहेको ट्रान्सफर्मर एक्सको मुख्य आकर्षण कन्टिनियस ड्याम्पिङ कन्ट्रोल (सीडीसी)सहितको एड्भान्स्ड एयर सस्पेन्सन सिस्टम हो ।

यसले भौगोलिक अवस्था हेरेर एसयूभीको ग्राउन्ड क्लियरेन्सलाई अधिकतम २२३ एमएमसम्म बढाइदिन्छ । नेपालको भौगालिक परिस्थितिमा असाधारण स्थिरता र आराम प्रदान गर्छ । उच्च गतिमा ई ०७ को ग्राउन्ड क्लियरेन्स स्वचालित रुपमा कम भएर एसयूभीलाई थप स्थिर बनाउने इन्टेलिजेन्ट फिचर पनि यसमा रहेको छ ।

दिपल ई ०७ को पहिलो भर्सन गत वर्ष नेपाली बजारमा विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभीका रुपमा नेपाली बजारमा प्रवेश गरेको थियो । नयाँ ट्रान्सफर्मर एक्सको आगमनसँग दिपलले लक्जरी र एड्भेन्चर दुवैलाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको भनाइ छ ।

नयाँ ई ०७ मा लक्जरीको स्तरलाई पनि बेजोड बनाइएको छ । यसका चार वटै सिट मसाज, हिटिङ, भेन्टिलेटेड र वेलकमिङ छन् । ‘यसमा विशेष जीरो ग्रयाभिटी रिल्याक्सेसन मोड छ, जसले गाडी भित्रको वातावरणलाई वास्तवमै पर्सनल वेलनेस लाउन्जमा परिणत गरिदिन्छ’ एमएडब्लु वृद्धिले एक विज्ञप्तिमा भनेको छ’ पछाडिका यात्रुले पनि ट्रंक अपरेसन, डोम खोल्ने, क्लाइमेट कन्ट्रोल गर्ने र सिट फोल्डिङ नियन्त्रण गर्न सक्नेछन् ।’

यस एसयुभीलाई आफ्नो ट्रान्सफर्मर क्षमता मार्फत एसयूभी, पिकअप, क्याम्पिङ र आरभी गरी चार वटा छुटाछुटै रुपले प्रयोग गर्न सकिनेछ । ५ मिटर लामो, ३१२० एमएम ह्विलवेस, ६५५ केजी पेलोड क्यापासिटी र क्लास लिडिङ, १३१ लिटरको फ्रंकले यसको डिजाइन र उपभोगिता दुवैलाई बेजोड बनाइदिएको छ ।

यो सम्पूर्ण अनुभवलाई उर्जा दिन यसमा ८९.९८ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ जसले एक सिंगल चार्जमा ५९० किलोमिटर डब्लुएलटीपी रेन्ट उपलब्ध गराउँछ।

यसमा २४० किलोवाटको डीसी चार्जसम्म सपोर्ट गर्छ भने ६०० एमएम वाटर वेडिङ क्यापासिटी, भीटुएल एक्सटनल पावर आउटपुट र विशेष इनर्जी सेभिङ सिस्टम रहेको छ जसको प्रयोगले ड्राइभिङ रेन्जलाई २० प्रतिशतसम्म वृद्धि गर्छ ।

अल न्यु दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ र यो ह्वाइट, ब्ल्याक र ग्रेमा उपलब्ध छ ।

ट्रान्सफर्मर एक्सको सार्वजनिक गर्नुहुँदै एमएडब्लु वृद्धिका विष्णु अग्रवालले एमएडब्लुले सधैं भोलिको प्रविधिलाई आज नै प्रस्तुत गर्दै आएको बताए । ‘दिपल ई०७ ले नेपाली अटो बजारलाई पुन परिभाषित गर्नेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?