News Summary
Generated by OK AI. Editorially reviewed.- महालक्ष्मी विकास बैंकले माघ महिनालाई डिजिटल कारोबार प्रबर्द्धन महिना घोषणा गरी 'माघ महोत्सव' सञ्चालन गर्ने भएको छ।
- बैंकले मोबाइल एप 'महालक्ष्मी स्मार्ट साथी' मार्फत मुद्दती खाता खोल्दा ०.२५ प्रतिशत बढी ब्याजदर दिने जनाएको छ।
- भर्चुअल तथा साधारण क्रेडिट कार्ड र मोबाइल बैंकिङ दर्ता गर्दा वार्षिक शुल्कमा १०० प्रतिशत छुट प्रदान गरिने बैंकले बताएको छ।
३० पुस, काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबर्द्धन, ग्राहक सुविधा अभिवृद्धि तथा नगद रहित बैंकिङ कारोबारलाई बढावा दिन ‘माघ महोत्सव’ डिजिटल प्रबर्द्धन महिना सञ्चालन गर्ने भएको छ ।
बैंकले हरेक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रबर्द्धन महिनाको रुपमा मनाउने निर्णय बमोजिम मनाउन थालेको हो । बैंकको दैनिक कुल कारोबार संख्यामा डिजिटल कारोबारको संख्या औसतमा ८० प्रतिशत बढी रहेको जनाएको छ ।
बैंकले डिजिटल कारोबारहरुलाई थप वृद्धि गर्न सेवामा विभिन्न आकर्षक सुविधाहरु थप गरेको छ । विभिन्न सुविधाहरु मध्ये मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत मुद्दती खाता खोल्दा बढी ब्याजदर प्रदान गर्ने भएको छ । यस अन्तर्गत ग्राहकहरुले मोबाइल एप मार्फत मुद्दती खाता खोल्दा बैंकले व्यक्तिगत मुद्दतीमा प्रदान गर्ने ब्याजदर भन्दा ०.२५ प्रतिशत बढी प्राप्त गर्न सक्नेछन् ।
‘स्मार्ट साथी एपबाट खोलिने व्यक्तिगत मुद्दती खातामा नेपाल राष्ट्र बैंकको ब्याजदर निर्धारण सम्बन्धी नियमन भित्र रही ब्याज प्रदान हुनेछ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।
माघ महोत्सवलाई थप उत्साहमय बनाउन भर्चुअल तथा साधारण क्रेडिट कार्ड जारी गर्दा तथा वार्षिक शुल्कमा १०० प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ ।
‘साथै डेबिट कार्ड जारी गर्दा तथा मोबाइल बैकिङ दर्ता गर्दा १०० प्रतिशत छुट प्रदान गरिनेछ’ बैंकले भनेको छ ‘ग्राहकले मोबाइल एप मार्फत फार्मेसीको बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा २ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन् ।’
अडियो मार्फत भुक्तानी प्राप्त भए नभएको सूचना प्रदान गर्ने ‘कोइली’ दर्ता गर्दा समेत शुल्क लाग्ने छैन । बैंकका अनुसार यो अभियान २०८२ साल माघ महिनाको लागि मात्र लागु हुनेछ ।
प्रतिक्रिया 4