+
+
Shares

उच्च मूल्यबाट घट्यो सुनचाँदी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले १ माघका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ।
  • सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ५ सय रुपैयाँले घटेको छ।
  • चाँदीको मूल्य पनि प्रतितोला १७० रुपैयाँले घटेर ५ हजार ४८५ रुपैयाँमा आएको छ।

१ माघ, काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुन र चाँदी बिहीबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ५ सय रुपैयाँ कम हो । अघिल्लो दिन २ लाख ७८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदी तोलामा १७० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६५५ रुपैयाँको उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज प्रतितोला ५ हजार ४८५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?