News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाको तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ।
- कांग्रेसले महामन्त्री थापा, उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरको नाम र तस्बिर वेबसाइटबाट हटाएको छ।
- कांग्रेस केन्द्रीय कार्यसमितिले थापा, शर्मा र मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्य नरहने गरी पार्टीबाट निस्कासित गरेको थियो।
१ माघ, काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाको तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ ।
कांग्रेसले १४औं महाधिवेशनमा महामन्त्री निर्वाचित थापाको नाम र तस्बिर बिहीबार बिहान पार्टीको वेबसाइटबाट हटाएको हो ।
उनीसँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम पनि वेबसाइटबाट हटाइएको छ ।
बुधबार भृकुटीमपण्डामा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति, शर्मा उपसभापति र मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका छन् ।
त्यसअघि उनीहरूलाई बुधबार बसेको शेरबहादुर देउवा पक्षीय कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासित गरेको थियो ।
प्रतिक्रिया 4